काठमाडौं–पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबल खेल्दै आएको क्लब रियल मेड्रिड छोड्ने भएका छन् । उनी युभेन्टस जाने चर्चा चलेको छ ।


ADVERTISEMENT


रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले उनी आफ्नो करियरमा नयाँ अध्याय सुरू गर्न तयारीमा रहेको बताएका छन्। उनले अन्तिम टुंगो भने अझै बाँकी रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


मेन्डेजले बुधबार मेड्रिडसँग रोनाल्डोको भविष्यबारे कुराकानी गरेका थिए । त्यो भेटमा रोनाल्डोले मेड्रिड छोड्नेबारे कुराकानी भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘यदि यो डिल भयो भने यो उनको सफल करियरको नयाँ अध्याय र नयाँ चुनौती हुनेछ,’ मेन्डेजले भने ।

रोनाल्डो गत सिजनभरि नै क्लब व्यवस्थापनसँग असन्तुष्ट थिए । बार्सिलोनाबाट खेल्ने लियोनेल मेसी र बार्सिलोनाबाट पिएसजी गएका नेइमारको पारिश्रमिक आफ्नोभन्दा धेरै भएको उनको गुनासो थियो । उनले मेसी र नेइमारको हाराहारीमा पुग्नेगरि आफ्नो पारिश्रमिक बढाउनु पर्ने माग गरेका थिए ।

तर व्यवस्थापनले पारिश्रमिक बढाउनुको साटो उल्टै १ अर्ब युरोको ‘रिलिज क्लज’ भएका रोनाल्डोलाई १० करोड युरो पाए बेचिदिने आश्वासन दिएको थियो ।

त्यसपछि रुष्ट भएका रोनाल्डोले सिजनभरि नै बेलाबेलामा असन्तुष्टि व्यक्त गरिरहे । च्याम्पियन्स लिग जित्नेबित्तिकै पनि उनले रियल मेड्रिडमा आफ्नो भविष्य अनिश्चित भएको बताएका थिए ।