जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासको संघीय सरकार र आफु चिन्तित रहेको बताएका छन् ।


ADVERTISEMENT


शनिवार प्रदेश नं. २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रदेश २ मा विकासका असाधारण सम्भावनाहरु रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने ‘यहाँको जमिनहरुमा सिँचाईको व्यवस्था र कृषिलाई आधुनिकीकरण गर्न सके प्रदेश २ लाई मात्र पुग्ने होइन चार गुणभन्दा बढी अन्न उत्पादन हुन्छ ।’


ADVERTISEMENT

# # #


प्रदेश २ मा अन्त उत्पादन बढाउन सिंचाईको योजना सुनसरी मिरन कमला डाइभर्सन योजना, चुरेक्षेत्रमा ठुल ठुला ड्याम बनाएर सिंचाईको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको भनाई छ । अर्को प्रसंग संविधान असन्तुष्टिको विषयमा प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएको भन्दै जनताहको चाहना अनुसार संशोधन हुने बताएका छन् ।

उनले प्रदेश सांसदहरुलाई सम्बोधन गर्दै भने ‘ तपाईहरुलाई संविधानमा विभेद लागेको छ भने भन्नुस्, हामी शंशोध गर्छौं । हामी पहिलादेखि नै विभद विरुद्ध लड्दै आएको छौं ।’