एजेन्सी– गएरातिदेखि स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरू भएको छ । युरोपको शीर्ष लिगमध्ये एक रहेको विश्व चर्चित ला लिगाको नयाँ सिजनको सुरूवातको दिन दुई खेल भए ।


ADVERTISEMENT


जसमध्ये पहिलो खेलमा लेभान्टेले विजयी सुरूवात गरेको छ भने दोस्रो खेलमा जिरोना र रियल भालाडोलिड बिच बराबरीमा सकियो ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा लेभान्टेले रियल बेटिसलार्य ३–० ले हराउँदै लिगमा विजयी सुरूवात गरेको हो । लेभान्टेको जितमा रोजर मार्टी र जोसे लुइस मोरालेसले गोल गरे ।

खेलको ३८ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई सुरूवाती दिलाए । पहिलो हाफसम्म १–० ले अगाडि रहेको लेभान्टे दोस्रो हाफमा थप आक्रमक खेल्दैं २ गोल थप्यो ।

खेलको ५४ औं मिनेटमा गोल गर्दै मोरालेसले टिमको अग्रता दोब्बर पारे । इन्जुरी समयको पाँचौँ मिनेटमा मोरालेसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेभान्टे ३–० ले विजयी भयो ।

अर्को खेलमा जिरोना र रियल भालाडोलिडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । रियल भालाडोलिड यसै सिजनबाट पुनः ला लिगामा फर्किएको हो ।