काठमाडौं– राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पारे । उनले भने, संविधान संशोधनका लागि हामीले सर्मथन गरेका हौँ । यसमा छलफल नै नभएपछि समर्थन कायम राख्नुपर्ने औचित्य छैन् । पार्टीको आउने बैठकले समर्थन फिर्ता लिन्छ ।’


ADVERTISEMENT

# # #


सरकार पूर्ण रुपमा असफल भैसकेको गर्दै उनले स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको जिकिर गरे । सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप थियो ।

बलात्कार पनि हत्या गरिएकी बालिका निर्मला पन्तको दोषीलाई चार महिना बितिसक्दापनि पत्ता लाग्न नसकेको भन्दै उनले सुरक्षाकर्मीहरु मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै भर्ना गरिएको हो ? भन्ने प्रश्न गरे ।
उनले भने, ‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण दोषी को हो भन्ने पत्तै लाग्दैन् । लाखौंको संख्यामा प्रहरी र सुरक्षाकर्मीहरु छन् । उनीहरु केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि भर्ना गरिएका हुन् ?’ साँढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारकै कारण यो प्रकरण सेलाएको उनको आरोप छ ।