काठमाडौँ– विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओली क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टस् नेपालमा आयोजित साक्षत्कारमा बोल्दै उनीहरुले संविधानको विपरित गएर प्रधानमन्त्री र सरकार धार्मिक द्वन्द्व निम्त्याउन लागेको दाबी गरेका हुन् । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मण लाल कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । यो हाम्रो संविधानको बर्खिलाप हो ।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरे । उनले भने,‘यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।’

नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गरे । उनले नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको बताए । सम्मेलनले विश्वभर नेपालको बारेमा नराम्रो सन्देश गएको भन्दै उनले प्रधानमन्त्री ओलीले गम्भिर गल्ती गरेकोले सार्वभौम संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे ।

सरकारको यो कदमले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको पनि अध्यक्ष राणाले औंल्याए ।

माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी कदम भएको अध्यक्ष राणाको गम्भिर आरोप छ । नेपाललाई बाहिरको धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्रको औजार सरकार बन्न नहुने उनको भनाई छ । यदि त्यस्तो षड्यन्त्र भयो भने आफ्नो पार्टी त्यसको सशक्त विरोधीमा उत्रिने पनि राणाले चेतावनी दिए ।