काठमाडौँ – प्रभु बैँकले ताप्लेजुङ जिल्लाको फुङ्गलिङ्ग नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैँकले नगरपालिकाको वडा नं. ४ आज मिति आइतबारदेखि फुङलिङ्ग शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


उक्त शाखाको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच उद्घाटन गरे । मेयर प्याकुरेलले बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।


ADVERTISEMENT

# # #


उनले नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सहि सदुपयोग गर्न नगरबासीलाई आव्हान गरे।

बैंकको यस शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।