काठमाडौँ – शिवम् शिमेन्टले “लक्ष्मी हातमा देव दर्शन शिवमको साथमा” उपभोक्ता योजना अन्तर्गत अन्तिम चरणको १०१ भाग्यशाली कुपन विजेता मार्फत २०२ जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस अघिनै पहिलो, दोस्रो, तेस्रो र चौथो चरणको लक्की–ड्र गरी ४८० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


यस अन्तिम चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी पुर्वको इटहरीबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको हो ।

यस अघिनै काठमाडौं, हेटौंडा, जनकपुरमा र पोखरामा भएको लक्की–ड्र मा ४८२ जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।

गत पैष ५ देखि फल्गुन अन्त्यसम्म संचालित उक्त देव दर्शन योजनामा विभिन्न चरणको लक्की–ड्र मार्फत छानीएका जम्मा ६८४ जना भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं यात्रा गर्ने अवसर प्राप्त गरेका छन् ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो ।

सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।