काठमाडौँ – महिला फ्रेन्चाइज लिग ‘एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिग’को खेलाडी अक्सन सम्पन्न भएको छ । प्रतियोगिताका लागि ८० खेलाडीले नाम दर्ता गराएपनि ५२ खेलाडी बिक्रि भएका छन् ।


ADVERTISEMENT


प्रतियोगिताका लागि नायिका रेखा थापाले पनि टिम किनेकी छन् । काठमाडौँ सुपर च्याम्पियन्सकी मालिक बनेकी रेखाले टिम खरिदका लागि ५ लाख ७० हजार खर्चिएकी छन् । उनले १३ खेलाडी किन्न उक्त रकम खर्च गरेकी हुन् ।


ADVERTISEMENT

# # #


क्रिकेट टिम किनेपछि रेखा थापाले भनिन्, ‘छोरीमाथिको विभेद चिर्न खेलमा आएँ’

रोमा थापा, सरिता मगर र ममता चौधरीका लागि समान ७५/७५ हजार खर्चिएकी हुन् । यस्तै रेवती धामी र सुमन खतिवडालाई किन्न ५०/५० हजार खर्च गरेकी छन् ।

रेखाको टिम काठमाडौँकी मार्की खेलाडी नेरी थापा रहेकी छन् ।