बारा । नेपाली काँग्रेस मकवानपुरका पार्टी सभापति तथा पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले हुरी प्रभावित क्षेत्रमा राहत बितरण गरेका छन् ।
नेता बानियाँ एक ट्रक राहत सामाग्री सहित पर्सा र बारा पुगेर चामल, त्रिपाल तथा विभिन्न खाद्यान्न लिएर पीडित परिवारलाई वितरण गरेका हुन्।
प्रदेश नं. ३ का प्रतिपक्षी दलका दलका नेता समेत रहेका बानियाँले शुक्रबार दिनभर राहत वितरण गरेका छन्।
पीडित जनताहरुसंग दुख साट्दै नेता बानियाँले सबैको सहयोगले यो बिपदबाट चाँडै प्रभाबितरुको उद्धार हुने आश्वासन दिए ।
सबै प्रभाबितहरुको घर बनाउने आश्वासन सरकारले पुरा नगरे पीडितहरुको घर नेपाली काँग्रेसले बनाईदिने नेता बानियाँले प्रतिबद्धता जनाएका छन् ।
भिडियो हेर्नहोस् :
https://www.facebook.com/indra.baniya.376/videos/pcb.275118646743481/275110046744341/?type=3&theater
तस्विरमा राहत :