एजेन्सी – भारतले बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजका लागि ओपनर रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ ।


ADVERTISEMENT


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसअघिका नियमिति कप्तान विराट कोहली बिनै टी–२० टोलीको घोषणा गरेको हो । कोहलीलाई विश्राम दिएको बताइएको छ । टोलीमा विकेटकिपर सन्जु स्यामसनले चार वर्षपछि स्थान बनाएका छन् ।


ADVERTISEMENT

# # #


आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्जुले २०१५ पनि टोलीमा पुनरागमन गरेका हुन् । अलराउन्डर शिवम् दुबेले पनि पहिलो पटक स्थान बनाएका छन् । हार्दिक पाण्ड्या टोलीमा नरहेका कारण दुबेले मौका पाएका हुन् । भारत र बंगलादेशबीच पहिलो टी–२० खेल कार्तिक १७ गतेमा दिल्लीमा हुनेछ । दोस्रो र तेस्रो खेल २१ गते र २४ गते हुनेछ ।

यसैगरी कार्तिक २७ गतेदेखि हुने दुई देशको टेस्टका लागि भने भारतले विराट कोहलीको कप्तानीमा टोलीको घोषणा गरेको छ ।

भारतीय टी–२० टोली

रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, सन्जु स्यामसन, श्रेयस ऐर, मनिष पाण्डे, ऋषभ पन्त, वाशिन्टन सुन्दर, क्रुनाल पाण्ड्या, युजभेन्द्र चाहल, राहुल चहर, दीपक चहर, खलिल अहमद, शिवम् दुबे र शार्दुल ठाकुर ।

भारतीय टेस्ट टोली

विराट कोहली (कप्तान), रोहित शर्मा, मायंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाने, हनुमा विहारी, रिद्धीमान शाह, रविन्द्र जडेजा, रविचन्द्र आश्विन, कुलदीप यादव, मोहम्मद शामी, उमेश यादव, इशान्त शर्मा, शुवमन गिल र ऋषभ पन्त ।