पोखरा – मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व. मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्ने भएकी छन् ।


ADVERTISEMENT


रविन्द्रले आफ्नो जीवनको बाल्यकाल विताएको र राजनीतिक जीवनको शुरूवात गरेको सो स्थानका स्थानीयबासी सँग अन्तरक्रिया र भेटघाट गरेर उनले आफ्नो चुनावी अभियान शुरू गर्न लागेको नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले बताए ।


ADVERTISEMENT

# # #


विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट बिजयी रविन्द्र राजनीतिक रूपमा अव्वल नेताको पहिचान बनाउन सफल भएका थिए ।  सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगत्तै शहीदहरूको शालिकमा माल्यारपण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट जुलुससहित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो । विद्या स्व अधिकारीको श्रीमती हुन् ।