कास्की – मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT


पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । धनराज गुरुङ, देवराज चालिसे लगायतका नेतालाई पछि पार्दै ७५ वर्षीय पौडेलले टिकट पाएका हुन् ।


ADVERTISEMENT

# # #


झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको टिकट पाएका थिएनन् ।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

आजै नेकपाकी उम्मेदवार विद्या भट्टराईले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनी स्व. अधिकारीका पत्नी हुन् । यस्तै साझा पार्टीबाट रजनी केसी लगायत अन्य पार्टीका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।