काठमाडौँ – टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पिएसएल) २०२०को संस्करणका लागि ७ जना नेपाली खेलाडी ड्राफ्टमा परेका छन् ।


ADVERTISEMENT


सोमबार सार्वजनिक ड्राफ्टमा नेपालबाट पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी परेका छन्


ADVERTISEMENT

# # #


सात जना नै सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ।
क्यानले आइसीसीसामू सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्। क्यानले करण केसी, पवन सर्राफ र ललितनारायण राजवंशीलाई पनि सिफारिस गरेको थियो ।

ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्। पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ।

‘प्लाटिनम’ श्रेणीमा सन्दीप

नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछाने आगामी संस्करणको पीएसएलका लागि ‘प्लाटिनम’ श्रेणीमा परेका छन् । बिक्रि भएमा उनले यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ।

यसअघि गत वर्ष सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेलेका थिए ।