मिर्चैया । राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री डा. सुरेन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको मिचिएको  भुभाग फिर्ता ल्याउन आग्रह गरेका छन् । लिपुलेक, कालापानी लगायतका भुभाग जोगाउन नसक्ने दुई तीहाई सरकारले देश हाँक्ने नैतिक हैसियत गुमाईसकेको नेता झाको निष्कर्ष छ ।


ADVERTISEMENT


उनले प्रधानमन्त्री ओलीलाई भारतले मिचेको देशको भुभाग फिर्ता ल्याउन नसके तत्काल राजिनामा गर्न चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


सिरहा मिर्चैया नगरपालिकाको नगर सम्मेलनमा प्रमुख अतिथीका रुपमा रहेका झाले सरकारमा आउन प्रधानमन्त्रीले गरेको आग्रहलाई समेत राजपाले अस्विकार गर्ने बताएका छन् । तराई मधेशलाई सँधै उपेक्षा गरिरहने र देशकै भूभाग मेटिँदा समेत पनि निरिह बन्ने ओली सरकारमा राजपा जान नसक्ने उनले स्पष्ट पारेका हुन् ।

मिर्चैया नगरपालिकाको नगर सम्मेलनले धिरेन्द्र साह (ललन)को अध्यक्षता मा ७१ सदस्यीय कार्य समिति गठन गरेको छ ।