काठमाडौं : सूचना प्रविधीको छाता स‌ंगठन (क्यान)को अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती सम्पन्न मतगणनामा प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछि पार्दै उनी विजयी भएका हुन् ।


ADVERTISEMENT


कुँवर ५३ मतले अग्रता लिँदै विजयी भएका हुन् । कुँवरका पक्षमा पाँच सय मत छन् भने पाण्डेले चार सय ४४ मत मात्रै प्राप्त गरेकी छिन् । सदस्यहरुमा भने पाण्डेको प्यानल विजयी भएका छन् । जम्मा ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ जना र पाण्डे पक्षबाट २ जना निर्विरोध निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।

त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ समेत पाण्डे समुहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ ।