ग्लिस प्रिमियर लिगमा लिभरपुलले फेरी जित हासिल गरेको छ ।  लिभरपुलले शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो।


ADVERTISEMENT


लिभरपुलको जितमा साडियो मानेले खेलको ४९ मिनेट र रोबर्टो फिर्मिनोले ८५ मिनेटमा गोल गरेका थिए।


ADVERTISEMENT

# # #


त्यसअघि प्यालेसका जाहाले ८२ मिनेटमा बराबरी गोल गरेका थिए। लिगको अर्को खेलमा पूर्व विजेता लेस्टर सिटीले ब्रिङ्टनलाई २-० गोलले पराजित गरेको छ।

लिगको शीर्ष स्थानको लिभरपुलको १३ खेलबाट ३७ अंक छ। दोस्रो स्थानको लेस्टरको २९ अंक र तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको २८ अंक छ।

चेल्सी २६ अंकसहित चौथो स्थानमा रहदा पाँचौ स्थानको वुल्भ्सको १९ अंक र छैटौं स्थानको वर्नलको १८ अंक छ।