काठमाडौं : नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायले चिनियाँ प्रभुत्त्वको छाया नेपाल–भारत सम्बन्ध कायम रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द वायरसँग अन्तर्वार्ता दिँदै रायले यस्तो टिप्पणी गरेका हुन् । ( https://dai.ly/x7odfn3 )


ADVERTISEMENT


उनले नेपालमा बढ्दो चिनियाँ चासो तथा सहभागीताका विषयमा बोलेका छन् । त्यस्तै भारतको विषयमा अतिरञ्जित गरिएको उनको तर्क छ । चीन र नेपालसँग त्रिपक्षीय सहकार्यका लागि मौका खोज्न भारत लालायित रहने गरेको उनको बुझाई छ ।


ADVERTISEMENT

# # #


द वायरका संवाददाता डा . ज्याकबको भारतीय नाकाबन्दीलाई लिएर गरिएको प्रश्नको उनले कुटनीतिक जवाफ दिएका छन्, ‘भारतको नीति नेपालको समावेशीता, प्रजातन्त्र र प्रमुख क्रान्तिका पक्षमा छन् ।’

२०७२ मा जारी गरिएको संविधान समावेशी नभएको भन्दै मधेशमा आन्दोलन चलिरहेको समयमा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो ।