काठमाडौं : भारतको नयाँ दिल्लीमा बेचिनै लागेको अवस्थामा दुई नेपाली महिलाको उद्दार गरिएको छ । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीबाट उद्धार गरेको हो।


ADVERTISEMENT


राम्रो काममा लगाइदिने भनी फकाईफुल्याई काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो।


ADVERTISEMENT

# # #


माइती नेपालको भारतस्थित ट्रस्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगन्ज हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएका दुवै जनाको, नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।

उनीहरूलाई आज (सोमबार)नेपाल फर्काउन लागिएको अधिकारीले जानकारी दिए।