काठमाडौं –बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिका घाइते भएपछि तनावले उत्पन्न भएको छ  । बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।


ADVERTISEMENT


आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी छन् ।


ADVERTISEMENT

# # #


स्कुले बालिकाको घाइते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

केही राउण्ड हवाई फायर पनि भएको छ । कोहलपुरका डीएसपी शिबबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।