बेनी, म्याग्दी– आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार संकलन भएको थियो ।


ADVERTISEMENT

# # #


गत आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत रु पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

वंशजका आधारमा गत आवमा पाँच हजार ६८ वटा र एउटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको थियो । सङ्घसंस्था दर्ता २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एउटा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए ।