एजेन्सी, काठमाडौं – घरेलु क्रिकेटमा १२ वर्ष, १०६ पहिलो श्रेणिको क्रिकेटमा ५७.४३ को औसतले ७११६ रन । दुईवर्षदेखि लगातार स्थान बनाउन स्पर्धामा रहेपनि श्रीलङ्का विरुद्धको घरेलु मैदानमा मात्रै टेष्ट क्रिकेटको सुरुवात गर्न पाए, पाकिस्तानका क्रिकेटर अबिद अली ।


ADVERTISEMENT


दशवर्षमा पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरावगमन हुँदा अबिद अलीले उक्त अवसरलाई अझै ऐतिहासिक बनाउन पुगे । विश्व क्रिकेटमा अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्ट म्याचको ‘डेब्यु’ खेलमै शतक लगाउने अबिद पहिलो र एकमात्र ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् । उक्त कीर्तिमान अबिदले श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा बनाए ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटको अनुपस्थितिमा अबिदले पहिलो श्रेणिको क्रिकेटको सुरुवात गरे । ३१ वर्षको उमेरमा अबिदले टेष्ट क्रिकेटको सुरुवात गर्ने अवसर पाए । पहिलो खेलमै शतक लगाएर उनले आफ्नो टेष्ट जीवनको सुरुवात गरे । र अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्ट क्रिकेटको ‘डेब्यु’ खेलमै शतक लगाउने अबिद अली क्रिकेट इतिहासको पहिलो क्रिकेटर बन्ने कीर्तिमान बनाउनु भएको छ ।

एकदिवसियको पहिलो खेलमा शतक लगाएका अबिद टेष्ट क्रिकेट खेल्ने अवसर दिइएकोमा धन्यवाद व्यक्त गर्छन् । करीब एक वर्षदेखि क्रिकेट टोलीको सदस्यको रुपमा टोलीमा अटाएपनि फखार जमान, इमाम ऊल हक र शान मशूद सम्मिलित शिर्षक्रममा उनले खेल्ने अवसर पाएनन् । इमाम बेञ्जमा छन् । सामी अश्लम अन्तिम एघारमा स्थान बनाउन प्रयासरत रहँदा अबिदले आफू कुनै प्रकारको असुविधा महसुस नगरेको बताउँछन् ।

विश्वकप क्रिकेट २०१९ को पूर्वसन्ध्यामा शिर्षक्रमका ब्याट्सम्यानहरुलाई आराम दिदा यूएईमा अष्ट्रेलिया विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा उत्रिने दुलर्भ अवसर अबिदले प्राप्त गरे । एकदिवसियमा खेल्ने सपना साकार भइरहँदा ‘डेब्यु’ खेलमा अबिदले शतक लगाए । टोलीसँगै इंग्ल्याण्डको यात्रा गरेपनि अबिदले अन्तिम एघारमा स्थान बनाउन सकेनन् । अष्ट्रेलिया विरुद्धको अर्को श्रृखंलामा पनि अटाउन नसकेका अबिद त्यसयता निरन्तर संघर्ष गर्दै गए ।

“बेवास्ता गरिएपनि आफू कहिले अत्तालिएन, आफू योग्य रहेको दृढ विश्वास लिएर संयमतापूर्वक लागिरहें”, उनले आफ्नो बिगत् कोट्याए । “मैले धेरै प्रयास र संघर्ष गर्नुपर्यो र अहिले यहाँ आइपुगेको छु”, कीर्तिमान बनाए लगत्तै आफ्नो उत्साह र अनुभव उनले साटे ।

घरेलु क्रिकेटमा लाहौरको प्रतिनिधित्व गर्नुहुने अबिद शफकात राना एकेड्मीमा क्रिकेटमा अभ्यास गरेर हुर्केका हुन् । क्रिकइन्फोसँगको अन्तवार्तामा अबिद भन्छन्, “कमजोर प्रदर्शनले दुःखित हुन्थे, तर ‘थन्क्स गड’ मैले कडा परिश्रमको प्रतिफल पाएँ ।”

रावलपिण्डीमा जारी श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा ओपनिङ्ग गरेका अबिद १०९ रन बनाएर अविजित रहनुभयो । तीन रनमै शान मशूदको विकेट खसेपछि अबिदले अजहर अलीसँग दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । मध्यक्रमका बाबर आजमसँग उहाँले अविजित १६२ रनको साझेदारी गरे ।

बराबरीमा सम्पन्न भएको पहिलो टेष्टमा श्रीलङ्काले पहिलो पारी ६ विकेटको क्षतिमा ३०८ रनमा घोषणा गरेको थियो ।