काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैँकको १०८औ शाखा कार्यालयरुपमा मंगलबार हल्लनचोक शाखामा कारोबार शुभारम्भ भएको हो ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको गरेका थिए ।


ADVERTISEMENT

# # #


कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।