काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन् । सो कारण यात्रुहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमै अलपत्र परेका छन् ।


ADVERTISEMENT


उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ भएको छ ।


ADVERTISEMENT

# # #


मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरको अवस्था छ । दिउँसोबाट भने हुस्सु कुहिरो हट्दै जाने मौसमविदले बताएका छन् ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ । त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सबैलाई सुझाव दिएका छन् ।