काठमाडौँ – नेपाली महिला यू-१५ फुटबल टोलीले भुटानको महिला यू-१५ टोलीलाई पराजित गरेको छ । दुईवटा खेलमो मैत्रीपूर्ण सिरिजको पहिलोखेलमा नेपालले भुटानलाई ६-१ गोलअन्तरले हराएको हो ।


ADVERTISEMENT


सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पहिलो हाफमा नै भुटानलाई ४ गोल हानेको थियो । तर, पहिलो हाफमा एक गोल खान पुग्यो । दोस्रो हाफमा थप दुई गोल थप्दै नेपालले भुटानविरुद्ध शानदार जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालले अर्को खेल बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमै खेल्नेछ । खेल नेपाली समे अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।