साना तथा मझौला व्यवसाय संचालन गर्नेलाई लक्षित गर्दै नविल बैंकले सजिलो एसएमई कर्जा सेवा संचालनमा ल्याएको छ।


ADVERTISEMENT


आवश्यक प्रक्रिया पुर्याएको ३५ घण्टाभित्रै स्वीकृत हुनेगरी एसएमई लोन प्रवाह हुने बैंकले जनाएको छ। यस्तो कर्जाको वार्षिक व्याजदर अधिकतम १०. ५ प्रतिशत रहनेछ।


ADVERTISEMENT

# # #


बैंकले ‘सक्षम’सँगको सहकार्यमा एसएमई कर्जा सुविधा ल्याएको हो। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आर्थिक विकाससँगै सर्वसाधारणको दैनिकी सहज बनाउन साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कर्जा सेवा ल्याएको बताए।

‘यो कर्जामा बैंकमा ऋण लिन जाँदा बढी समय लाग्ने गुनासो पनि रहने छैन’ उनले भने ‘अब एसएमई लोन नै नविलको प्रमुख ग्रोथ सेक्टर हुनेछ।’

नियामकको कुनै मापदण्ड पुर्याउनका लागि नभई अर्थतन्त्रलाई टेवा पुर्याउन र उद्यमशिलताको बानी विकास गर्न यस्तो कर्जा ल्याइएको शाहले बताए।

बैंकले एसएमई लोनमा पनि एक नम्वरको पोजिसन कायम राख्ने लक्ष्य लिएको उनले बताए। १५ लाखदेखि ७५ लाख रुपैयाँसम्म यस्तो कर्जा प्रवाह हुनेछ। यस्तो कर्जाका लागि धितो भने राख्नुपर्नेछ।

‘हामीले पनि सर्वसाधारणको पैसा चलाउने हो, धितो त्यसको सुरक्षाको प्रत्याभूतिका लागि हो’ शाहले भने। एसएमई लोनमा धितो जति बलियो हुन्छ, व्याजदर त्यति कम हुने बैंकले जनाएको छ।

साढे १० प्रतिशत व्याज लिने भनिए पनि धितोको मूल्यअनुसार यो दर अझै कम हुन सक्ने बैंकले जनाएको छ। व्यवसाय तथा धितो हेरेर कर्मचारीहरुले बैंकको फर्म्याटमा स्कोर जेनेरेट गर्नेछन्।

उत्कृष्ट स्कोर हुनेलाई व्याजदर कम पर्ने एसएमई डिपार्टका प्रमुख सुवोध लोहनीले जानकारी दिए।  नविलका अलवा अन्य वाणिज्य बैंकहरुले पनि एसएमई लोन प्रदान गर्दै आइरहेका छन्।