काठमाडौं । प्रहरी नायव महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसरको प्रमुखका रुपमा सोमबार पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


यसअघि नेपाल प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरिक्षकको सचिवालयमा रहेका डीआईजी पोखरेललाई गत पुष २ गते सरकारले मेट्रो प्रमुखको जिम्मेवारी दिएको थियो ।


ADVERTISEMENT

# # #


पदभार ग्रहण गर्दै डीआईजी पोखरेलले आफ्नो जिम्मेवारीलाई ईमान्दारितापूर्वक निभाउँदै देश र जनताको सुरक्षाका लागि समय खेर नफालिकन लागिरहने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रीय राजधानी रहेको काठमाडौंको महानगरीय प्रहरी परिसर प्रमुख आयुक्तलाई महत्वपूर्ण र संवेदनशिल जिम्मेवारीका रुपमा लिने गरिन्छ ।

प्रखर, मृदुभाषी, बौद्धिक र कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रुपमा चिनिएका डीआईजी पोखरेललाई परिसरमा सिनियर प्रहरी अधिकृतहरुले स्वागत गर्दै सम्मान गारदले सलामी समेत अर्पण गरिएको थियो ।