चीन । सार्कको विकासका लागि नेपालले नेतृत्वदायी भूमिका निभाईरहेको भन्दै चीनमा आयोजित कार्यक्रममा प्रसंसा भएको छ । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले नेपालको प्रतिनिधित्व गर्दै निभाएको भूमिकासंगै देशको महत्व दक्षिण एसियामा प्रस्फुटित हुन थालेको सहभागिहरुले चर्चा गरेका हुन् ।


ADVERTISEMENT


चीनको जिनानमा भएको साउथ एसिया ट्रेड फेयरमा उपाध्यक्ष चण्डिराज ढकालले समेत सार्कको विकासका लागि सबै हातेमालो भएर अघि बढ्नु पर्ने भन्दै नेपाल त्यसका लागि तयार अवस्थामा रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपाल उद्योग बाणिज्य महासंघको महत्व र परिचयका बिषयमा समेत सो अवसरमा चर्चा गरेका छन् । देशको व्यापार व्यवशायमा नेतृत्वदायी संस्था र सामाजिक आर्थिक विकासको धरोहरका रुपमा उनले महासंघलाई प्रस्तुत गरेका हुन् ।

नेपालमा लगानी उद्योग र रोजगारको वातावरण बनिरहेको भन्दै महासंघका पूर्व अध्यक्ष समेत रहेका ढकालले साउथ एसियामा नै नेपालले उद्योग र विकासमा सकारात्मक संकेत दिन सक्ने उद्घोष गरेका छन् ।

यस्का लागि सरकारसंग कुरा गरेर नीजि क्षेत्रका तर्फबाट नेपालको भूमिका र महत्व, सम्भावना र तत्काल अघि बढाउनु पर्ने कामका सम्बन्धमा दक्षिण एसियालाई नै चिनाउने गरी अघि बढ्ने वातावरण बनाउने उनको भनाई छ ।

यस्तै उनले जिनानकै लिन्हि भन्ने सहरमा ४ सय भन्दा बढी व्यापारीहरुका बीच समेत ढकालले महासंघ, नेपालको पछिल्लो सम्भावना र गति तथा सार्कका बिषयमा संबोधन गरेका छन् ।

दक्षिण एसियामा व्यापारिक गतिबिधीलाई बढाउनु पर्ने भन्दै बिश्वकै ब्यापारिक केन्द्रका रुपमा सार्कलाई बनाउनु पर्नेमा समेत उनको जोड छ ।
चीन बंगलादेश लगायतका देशहरुसंगै नेपालबाट समेत ३० जना प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।