काठमाडौं । पूर्वतयारी सकिएका आयोजनाहरुले मात्रै बजेटमा समाबेश हुन पाउने भएका छन् ।


ADVERTISEMENT


योजना आयोगका अनुसार विभिन्न मन्त्रालयका बिभिन्न ४ सय ६० वटा आयोजनाहरु यतिबेला पाईप लाईनमा रहेका छन् । ती आयोजनाहरु अनलाइन प्रक्रियाबाट परियोजना बैंकमा आबद्ध गरिएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले चालु आर्थिक वर्षबाट औपचारिक रुपमा परियोजना बैंकको अवधारणा शुरु गरेको हो । यसको पूर्ण कार्यान्वयनका लागि भने अर्को आर्थिक वर्ष लाग्ने बताईएको छ ।

भविश्यमा आयोजना अलपत्र नपरुन् भन्ने उद्देश्यले परियोजना बैंकको अवधारणा आएको हो । कार्यान्वयनमा जानासाथ काम शुरु गरिहाल्न सकिने आयोजनाले मात्र बजेट पाउने गरी परियोजना बैंकको परिकल्पना भएको आयोगको तर्क छ ।