काठमाडौं । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जिवी नेपालसंग भेटेको छ । भेटमा नेपाल राष्ट्र बैङ्कले गत पौष ८ गते ल्याएको क, ख, र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७६, ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।


ADVERTISEMENT


नाडा प्रतिनिधि मण्डलले व्यक्तिलाई बैङ्क र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको थियो जवाफमा गर्भनर नेपालले अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको भन्दै वर्तमान समयमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपालको निर्यात बढ्न नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटेन्स समेत घटिरहेको भन्दै गभर्नर नेपालले चिन्ता प्रकट गरेका छन् ।

उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टस गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिएका छन् । व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे उक्त निर्देशन ल्याइएको उनको भनाई छ ।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।