झापा । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको सञ्चालनमा आएको छ । वि एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष इन्दिरा गिरि र कार्यकारी निर्देशक दुर्गा प्रसाईद्धारा संयुत्त रुपमा दिप प्रज्वलन गरी अस्पतालको उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


अस्पताल करिब १ विगाहा जग्गामा ४ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको बताईएको छ । विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालको भगिनी संस्थाको रुपमा अत्याधुनिक प्रविधि सहितको निर्माण गरिएको क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एशियाकै नमुना बनाएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दाबी गरेका छन् । उनका अनुसार २१ औं शताब्दीकै अत्याधुनिक उपकरण अस्पतालले भित्र्याएको छ।


ADVERTISEMENT

# # #


क्यान्सरपीडितले उपचारका लागि भारतको दिल्लीसम्म पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल खोलेको कार्यकारी निर्देशक प्रसाईको भनाई छ ।

‘म आफैं क्यान्सरको रोगी भएकाले यहीँ उपचार सम्भव छ भन्ने सन्देशसहित अत्याधुनिक उपकरण राखेर अस्पताल खोलेको हुँ, भारतमा जाँदा भारु २० लाख लाग्ने उपचार हामी नेपालमा नेपाली १० लाखमानै दिन सक्छौँ’, उनले उदाहरण दिँदै भने, ‘अब क्यानसर लागेर नेपालमा कोही मर्नुपर्दैन, यसको अभियान नयाँ वर्षबाट हामीले गरेका हौँ।’

‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ’ क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले भने, ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्नेछ।’

बी एण्ड सी अस्पतालसँगै जोडिएको तथा एउटै समूहले लगानी गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्याक्रियाका लागि पाँच मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा रहेको छ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही झापाका २८ वर्षीय पदम मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ भने उनको क्यानसरको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए।