गाउँ गाउँमा सिँहदरबार पूर्याउने भन्दै स्थानीय तहलाई बलियो अधिकार सहित सुबिधा सम्पन्न बनाईएको छ । प्रदेशको रफ्तारमा असन्तुष्टि फैलिरहँदा स्थानीय निकायहरुको गति चाहीं कस्तो छ त ? सन्तुष्ट छन् त जनता ? के गर्दैछन् जनप्रतिनिधिहरु ? बिश्लेषकहरु भन्छन् ‘विकास केन्द्रबाट भट्याएर मात्रै हुँदैन, वडा, गाउँ, नगरहरु नै आफैं जाग्नुपर्छ ।’ वडालाई हेर्दै विकास र समृद्धि रटानको भबिश्य केलाउने मेसोमा पुगियो मकवानपुर जिल्ला मनोहरी गाउँपालिकाको वडा नम्बर ७ ।


ADVERTISEMENT


भेटियो सो वडाका अध्यक्ष ठाकुरराम तितुङ ।


ADVERTISEMENT

# # #


एघार सय घरधुरी रहेको वडामा उनन्तिस सय मतदाता रहेपनि लगभग चारहजारले बसोबास गर्छन । जनताको सुखदुखमा प्रत्यक्ष जोडिने भएको हुँदा वडा कार्यालयमा समस्याहरुको त चाङ नै लाग्ने तथ्यलाई महशुस गरेका उनि यस्ता समस्याहरु समाधान गर्न पाउँदा आनन्द अनुभव हुने बताउँछन् । आर्थिक रुपमा विपन्न भएका जनताहरुले धेरै समस्याहरुको सामना गर्नु परिरहेको बताउदै ठुलो आशाले आउने वडाबासीहरुको वडाअध्यक्षको हैसियत अनुसार सेवा गर्ने पाएकोमा उनी सन्तुष्ट छन् ।

मकवानपुरको चर्चित मनोहरी बजार क्षेत्रसहितको वडाका वडाअध्यक्ष ठाकुरले पुर्वाधार विकासमा पनि ठोस उपलब्धि हासिल गरेको दाबी गर्दैै भन्छन् – म निर्वाचित भएपछि मेरै पहलमा बिपन्न बोटे परिवारका लागि पाँच घर निर्माण गरि हस्तान्तरण गरिसकेको छु । यस्तै, बोटे र चेपाङहरुको घरमा निशुल्क मिटर जोडेर बिजुली बत्ति बालेको उनी बताउँछन् ।

वडाअध्यक्ष पद सानो भएपनि जनसरोकार र जनसेवाको दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण छ । जनता दिनप्रतिदिनको आवश्यकता र समस्या समाधानका लागि आफ्नो जिम्मेवारी संवेदनशिल रहेको बताउछन् ।

४१ वर्षिय तितुङले आफुले पारिश्रमिक वापत पाउने सेवासुविधा र निजी खर्चमा आफ्ना वडाका आर्थिक अवस्था कमजोर जनताको स्वास्थ्य विमा गराउने रहेछन् । साधारण रोग लाग्दा पनि अस्पतालमा जान नसक्ने तीन सय अठ्चालिस जनाको आफुले बिमा गराएको र माघ अन्तिमसम्ममा विपन्न सबैको विमा गरिसक्ने उनी बताउँछन् ।

जनताहरु ठुला आकांक्षा लिएर आउछन्, तर त्यस्ता सबै हाम्रो वडा कार्यालयले पुरा गर्न सक्दैन भन्दै स्थानीय निकायलाई दिनु पर्ने अधिकार नदिएको उनी गुनोसो गर्छन । तल्लो निकायले अधिकार पाएमा जनताले अझ बढि सेवा सुविधा पाउन सक्ने उनको अनुभव छ । जनताको प्रत्यक्ष सरोकार रहने ठुला परियोजनाहरु कार्यान्वयनको लागि माथिल्लो निकायमा सिफारिस गर्दा वेवास्ता गरिएको उनको भोगाई छ ।

राप्तीको नदीको किनार पर्ने उक्त वडा बाढीबाट असुरक्षित रहेको बताउँदै बनेको तटबन्धको सुरक्षा गर्न आवश्यक चेक ड्याम र स्परको लागि पटकपटक सिफारिस गर्दा पनि कार्यान्वयनको लागि बजेट नछुट्याइको तीतो व्यक्त गर्दै बर्षामा तटबन्ध भत्कने संभावना रहेको र झन्डै छ सयभन्दा परिवार बाढिको खतरामा रहेको खतरा देखिएको छ ।

वडामा थुप्रै किसिमका चुनौती रहेको समेत उनी बताउँछ्न् । बालमैत्री वडाको अवधारणलाई साकार बनाउन सक्रिय ठाकुर अभिवाकले बालबालिका विद्यालय भर्ना गर्ने तर विचै छोड्ने समस्या रहेकोमा त्यसलाई कसरी समाधान गर्ने भनेर गम्भिर बनेको बताउँछन् । शिक्षा र स्वास्थ्य नै भबिष्यका देशका कर्णधार बालबालिकालाई सबल सक्षम बनाउने मुख्य आधार हो भन्दै बाल श्रम र महिला हिंसामुक्त समाज निर्माण तथा युवाहरुलाई दुव्र्यसन मुक्त राखि शिक्षित बनाउँदै रोजगारमुलक कार्यमा लाउनु ठुलो चुनौती रहेको कुरा स्विकार्दै इच्छाशक्तिका साथ काम गर्ने हो भने चुनौतीलाई अवसरमा परिणत गर्न सकिने आँट समेत उनी प्रस्तुत गर्छन ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय अध्यक्षको पृष्ठभूमि रहे पनि अव पार्टी राजनीति भन्दा पनि सहमती, सहकार्य र एकताबाट सबै दलहरु मिलेर देश बनाउने एजेन्डामा सहकार्य गर्नुपर्नेमा ठाकुर जोड दिन्छन् ।

वडा सबल बनाउन सके गाउँपलिका सबल हुने, गाउँ र नगर सबल भएमा देश नै सबल हुने कुरामा उनी ढुक्क छन् । काम गर्दा जस अपजस सामान्य हो भन्दै आधा कार्यकाल समाप्त भएपनि बाँकी रहेको समयलाई हेर्दै उनी काममै रमाईरहेका छन् ।