अमेरिकी सेनाले इराकको बगदादमा गरेको हवाई आक्रमणमा इरानी सेनाका मेजर जर्नेल कासिम सुलेमानी मारिएपछि विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भई एकै दिन ३ प्रतिशत वृद्धि भएको हो ।


ADVERTISEMENT


एक ब्यारेलको मुल्य ६९ दशमलव ५० डलर पुगेको बीबीसीले उल्लेख गरेको छ । सुलेमानीको मृत्युपछि खाडी क्षेत्रमा तनाव बढेको छ । त्यसको प्रभाव इन्धन उत्पादनमा समेत पर्ने आंशका गरिएको छ । यस घटनाले अमेरिका र इरानबीचको भविष्यसमेत निर्क्लोल गर्ने विश्लेषण गरिएको छ ।


ADVERTISEMENT

# # #


इराकको बगदाद अन्तर्राष्ट्रिय विमान स्थलमा इरानी जनरल चढेको गाडीमा अमेरिकाले आक्रमण गरेको थियो ।