प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाउने भएको छ । केन्द्रीय कार्य समितिले उम्मेदवारको टुंगो लगाउन सातै प्रदेशका केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएपनि आन्तरिक विवादका कारण उम्मेद्वारको टंगो लाग्न सकेको थिएन ।


ADVERTISEMENT


भोलि राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने केन्द्रीय नेताहरु बिहानै देखि छलफलमा जुटेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिनभरमा उम्मेदवारको टुंगो लाग्ने बताउनुभयो । समाजवादी पार्टीसँग प्रदेश २ मा तालमेल गर्ने निर्णय गरेको कांग्रेसले गण्डकी प्रदेश र प्रदेश १ को उम्मेदवार टुंगो लगाएको छ । बाँकी प्रदेशको उम्मेदवारको आजै टुंगो लाग्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #