एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले चार दिने टेष्टलाई आफुले समर्थन नगर्ने बताएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा भारतीय कप्तान कोहली भने यसको विपक्षमा देखिएका छन् ।


ADVERTISEMENT


घरेलु भूमिमा श्रीलंकासँगको टी-ट्वान्टी अघि कोहलीले भने,चार दिने टेष्ट रु म यसको समर्थक हैन,  ‘मलाई लाग्छ यो ठिक हुँदैन । किनकी तपाई तीन दिनको टेष्टको कुरा गर्नु हुनेछ । त्यसपछि तपाई टेष्ट क्रिकेट हराउने कुरा गर्नु हुनेछ । म यसलाई समर्थन गर्दिन ।’


ADVERTISEMENT

# # #


आईसीसीले टेष्टलाई ४ दिनमा झार्ने तयारीसहित सदस्य राष्ट्रको बोर्डसँग छलफल गरिरहेको छ । हाल चार दिनमा नतिजा नआएको टेष्ट पाँचौं दिनसम्म हुने गर्छ ।

टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो ।

सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ ।

चार दिनमा सिमित हुने टेष्टमा हरेक दिन कम्तिमा ९० देखि ९८ ओभरको हुनेछ । यसको अर्थ ५ दिन चल्ने टेष्ट भन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ ।