इरानले सन् २०१५ मा भएको आणविक सम्झौतालाई पालना नगर्ने घोषणा गरेको छ । तेहरानमा सम्पन्न मन्त्रिपरिषद् बैठकले आणविक हतियारको उत्पादनलाई सिमित गर्नका लागि भएको सम्झौताअनुसार भण्डारण र उत्पादनको परिधिभित्र नरहने इरानले स्पष्ट पारेको हो ।


ADVERTISEMENT


सन् २०१५ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बारक ओबामाले इरानसँगको सम्बन्ध सुधारको प्रयास स्वरुप बेलायत, फ्रान्स, रुस, जर्मनी सहित संयुक्त रुपमा आणविक सम्झौता गर्नुभएको थियो । आणविक सम्झौता गल्ती भएको भन्दै अमेरिका समेत बाहिरिसकेको छ ।
इराकमा इरानी जनरल कसिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा परी मृत्यु भएपछि मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ ।


ADVERTISEMENT

# # #