काठमाडौंस्थित धरहाराको पुर्ननिर्माण कार्य ३२ प्रतिशत सकिएको राष्ट्रिय पुन निर्माण प्राधिकरणले जनाएको छ । धरहराको २२ तला मध्ये ४ वटाको निर्माण सम्पन्न भइसकेको प्राधिकरणले उल्लेख गरेको छ । प्रमुख कार्यकारी अधिकृत सिईओ सुशील ज्ञवालीले का अनुसार एक महिनामा दुई तला थप गर्ने लक्ष्य सहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।


ADVERTISEMENT


धरहराको पुर्ननिर्माण २ वर्षमा सक्ने गरि जीआइईटीसी रमन जेभीले प्राधिकरणसँग २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागत रहेको धरहार निर्माणका लागि हाल सम्म ७५ करोड रुपैयाँ खर्च भइसकेको छ ।


ADVERTISEMENT

# # #