सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका २ खेल हुँदैछन् । आजको पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे खेल सुरु हुनेछ । चौथो चरणसम्म अपराजित रहेको जावलाखेल एनआरटीलाई हराउँदै केही समयका लागि शीर्ष स्थानमा पुग्ने योजनामा रहँदा एनआरटी पनि तालिकामा ३ अंक थप्ने योजनाका साथ मैदान उत्रनेछ । चाहान्छ ।


ADVERTISEMENT


आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे उपाधि होडमा रहेका मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङदी भिड्नेछन् । ३ जित र १ बराबरीको नतिजा हात पारेका दुबै टोली एकअर्का विरुद्ध जित निकाल्दै शीर्ष स्थानमा अग्रता बढाउने दाउमा छन् । समान नतिजा निकालेपनि अघिल्लो सिजन रेलिगेशनमा परेपछि मच्छिन्द्र ९ अंकमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको मनाङको १० अंक छ ।


ADVERTISEMENT

# # #