लिभरपुल र चेल्सी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा गएराती एभर्टनलाई १–० ले हराउँदै प्रिमियर लिग लिडर लिभरपुलले एफए कपको चौथो चरणमा प्रबेश गरेको हो । गएराती नै चेल्सीले नोटिङघम फरेष्टलाई २–० ले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


चेल्सीले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । अन्य खेलहरुमा जित निकाल्दै वेष्ट हृयाम युनाईटेड, वेष्ट ब्रोम, सिफिल्ड युनाईटेड र डर्बी काउन्टीले पनि चौथो चरणमा स्थान सुरक्षित गरेका छन् । मिडल्स ब्रोसँग एक–एकको बराबरीमा रोकिएको टटनहृयामले भने अघिल्लो चरण प्रवेशका लागि अर्को खेल खेल्नुपर्ने भएको छ ।


ADVERTISEMENT

# # #