काठमाडौँ– मौसम सक्रिय भएसंगै आएको आएको अविरल वर्षका कारण तराई क्षेत्र यतिबेला डुबानमा परेको छ । बुटवलमा पनि भारी बर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने कयौँ घरहरु डुबानमा परेका छन् ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद कँडेलले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


दुई दिनदेखिको निरन्तर वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा यात्रीहरु अलपत्र परेका छन् । दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख उपसचिव शंकरहरि आचार्यका अनुसार बाढी पहिरोमा परी ८ जना घाइेत भएका छन्। उनका अनुसार पहिरोमा परी पाँचथरमा १, सिन्धुलीमा ४ र सुर्खेतमा ३ जनाको ज्यान गएको छ।

सरकारले बाढी पहिरोमा परेकाको उद्दार र राहतका लागि निर्देशन दिएपनि प्रभावकारी हुन सकिरहेको छैन । प्रधानमन्त्रीले अहिले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

फोटो सौजन्य :अमोद श्रेष्ठ