एजेन्सी ।


ADVERTISEMENT


रोमेलु लुकाकु चम्किदा ईन्टर मिलान सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।सोमबार राति भएको खेलमा ईन्टर मिलानले नापोलीलाई ३–१ गोल अन्तरले हराएको हो । ईन्टरको जितमा लुकाकुले दुई गोल गरे । लौरेन्टो मार्टिनेजले एक गोल गरे ।नापोलीका आर्काडियाउज मिल्लिकले एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


खेलमा अग्रता पाहुना टोली ईन्टरले १४ औं मिनेटमा लुकाकुको गोलमा लिएको थियो ।उनैले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै ईन्टरलाई अगाडी बढाए ।घरेलु टोली नापोलीका मिल्लिकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।तर ६२ औ मिनेटमा मार्टिनेजले गोल गर्दै ईन्टरको जित सुनिश्चित गरे ।

गत अगष्टमा म्यान्चेष्टर युनाईटेडबाट ७४ मिलियन पाउण्डमा सिरि ए आएका लुकाकुले सिजनमा १४ गोल गरिसकेका छन् ।जितपछि ईन्टर ४५ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्ससंग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा ईन्टर शीर्ष स्थानमा उक्लिएको हो । नापोली २४ अंक सहित तालिकाको आठौं स्थानमा छ ।