प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने प्रतिवद्धतासहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ बुँदे योजना सार्वजनिक गरेको छ । मन्त्रीमा नियुक्त भएको साढे एक महिनापछि आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री रामेश्वर राय यादवले ३ महिना भित्र सवै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।


ADVERTISEMENT


आफू नियुक्त भएपछिको डेढ महिनाको अवधिता मन्त्रालयले गरिरहेको गतिविधी तथा आगामी कार्ययोजनाबारे जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले २५ वटा काम पुरा गर्ने विवरण सार्वजनिक गर्नुभएको हो ।मन्त्री यादवले सार्वजनिक गरेको योजनामा नयाा कुरा खासै नआएपनि उनले आफुले मन्त्रालय सम्हालेको झण्डै १ महिनाको अवधिमा पुराना कार्यक्रमहरुको निरन्तरतासागै केहि उपलब्धीमूलक कामहरु थालेको जानकारी दिनुभएको थियो ।‘स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको तथ्यांक संकलन गर्ने, सीपमूलक तालिम दिने र स्वदेश तथा विदेशका लागि दक्ष जनशक्ति उपलब्धता गराउने गरी श्रमिक बैंक स्थापना गर्ने काम अभिलम्ब सुरु गर्नेछौ’ मन्त्री यादवले भन्नुभयो ।


ADVERTISEMENT

# # #


सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुन: श्रम स्वीकृति दिने तयारी गरेको छ । मन्त्रालयमा ३ महिनामा गर्ने गरी सार्वजनिक गरिएको २५ बुादे योजनामा वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिको हकवालाले स्थानीयस्तरबाटै सुविधा पाउने व्यवस्था गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुको दुर्घटना बीमा गरिने कार्यक्रम समेत रहेको छ ।

यस्तै आगामी ३ महिनामा सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र १ लाख श्रमिक आवद्ध गराउने योजना रहेको मन्त्री यादवको भनाई थियो । सरकारले गत वर्ष मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । यद्यपी श्रममन्त्री परिवर्तन भए पछि सामाजिक सुरक्षा योजनामा सहभागी हुन नीजि क्षेत्रले रुची देखाएका छैनन् । यस्तै सरकारले श्रम बैंक र श्रमिक बैंकको दुई फरक अवधारणा पनि अघि सारेको छ ।

चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम एकसय दिनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने योजना रहेको बताइएको छ । त्यस्तै व्यवसायिक तथा सीपमुलक तालिम सन्चालनका लागि एकीकृत नीतिको प्रारुप तयार गरिने मन्त्रालयले जनाएको छ । यस्तै वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, बिमा र कल्याणकारी कोषबापतको रकम अनलाइन प्रणालीमा अन्तर्गत ल्याउने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख छ । मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुन: एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ । त्यस्तै ओमनसाग द्विपक्षीय श्रम समझदारी गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

यस्तै, आगामी तीन महिनाभित्र गरिने कार्यहरुमा रोजगारीमूलक सीप विकास तालिम प्रदान गर्न निजी क्षेत्रसागको साझेदारीमा कार्यास्थलमा आधारित एप्रेन्टिसिप तालिम कार्यक्रम सञ्चालन गरिने, राष्ट्रियस्तरमा सीप प्रवद्र्धनका लागि विकास तालिममा संलग्न सरोकारवालाहरुको सहभागितामा सीप प्रदर्शनी/प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिने, व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन सम्बन्धमा एकीकृत नीतिको प्रारुप तयार गरिने योजना मन्त्री यादवले अघि सार्नुभएको छ । यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिको हकवालाले स्थानीयस्तरबाटै सुविधा पाउने व्यवस्था गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुको दुघंटना बीमा गर्ने मन्त्रालयको तयारी छ । आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने समेत मन्त्री यादवको ३ महिने रणनीतिक योजनामा समेटिएको छ ।