सिन्धुली । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ठुले राईले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले नेतृत्व गरिरहेको ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


नेपाल प्रहरी संगठनको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण प्रदायक संस्थाहरुको अनुगमन प्रशिक्षण र प्रशिक्षकको स्तर तथा प्रशिक्षण गतिविधिमा देखिएका समस्या एवं चुनौतीहरुको पहिचानका साथै प्रशिक्षण कार्यमा एकरुपता कायम गर्ने उदेश्यले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एआईजी राई मँगलबार सिन्धुली स्थित दुधौली तालिम केन्द्र पुगेका हुन् । एआईजी राईलाई एसएसपी भण्डारीले स्वागत गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा आफ्नो ३० वर्षे कार्यकालको अनुभव सुनाउदै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोवल, सकारात्मक सोच, भातृत्वको भावनालाई हृदयमा राख्दै काम गर्न, स्वःअध्ययन, कार्य गर्दा फरक शैली, व्यावसायिक तथा रचनात्मक तरिका अपनाउन राईको सुझाव रहेको छ ।

राईले तालिम क्यालेण्डरमा तोकिएको तालिम सम्बन्धी प्रशिक्षण गतिविधिको संचालन, रचनात्मक कार्य तथा अतिरिक्त क्रियाकलापमा भएको व्यवस्थापन र प्रशिक्षण केन्द्रको थप स्तरोन्नतीको लागि ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक तथा सदस्यहरुबाट भएको सामूहिक प्रयास प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी भण्डारीले तालिम केन्द्रको सुक्ष्म रुपले अवलोकन तथा निरीक्षण गरी सुझाव दिई सम्पूर्ण प्रहरी कर्मचारीहरुको हौशला बढाई दिएकामा एआईपी राई प्रति आभार व्यक्त गरे ।

भण्डारीले मन्तव्यको क्रममा शैक्षिक क्षेत्रमा एआईजी राईको अनुभव उल्लेखनीय भएको र उहाँका निर्देशन तथा सुझावलाई सम्मानका साथ ग्रहण गरी प्रहरी संगठनको भिजन, मिसन, गोल र अब्जेक्टिभ्सलाई पुरा गरी निष्पक्ष तथा पारदर्शी भर्ना छनौट र दक्ष जनशक्तीको उत्पादन गर्न आफू र तालिम केन्द्रको सिँगो टिम नै कटिबद्ध रहेको बताए ।

सो अवसरमा उपस्थितहरुले एसएसपी भण्डारी केन्द्रको नेतृत्वमा आएपछि भर्ना छनोट, तालिम कार्यक्रम, भौतिक संरचना निर्माण, सामाजिक उत्तरदायित्व तथा जनतासंग प्रहरीलाई जोड्ने अभियानमा द्रूतगत विकास भएको भन्दै प्रसंसा समेत गरेका छन् ।