काठमाडौँ – नेपाली यूवा स्टार क्रिकेटर सन्दीप लामिछानेले ‘भिजिट नेपाल २०२०’को प्रचार गरेका छन् । अष्ट्रेलियामा जारी विश्वकै प्रतिष्टित टी २० क्रिकेट लिग बिगब्यास लिग (बीबीएल)मा सन्दीपले बुधबार आफ्नो जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखेर प्रचार गरेका हुन् ।


ADVERTISEMENT


बीबीएलमा सन्दीप मेलबर्न स्टार्स क्लबबाट खेल्दैछन् । मेलबर्नले बुधबार मेलबर्न क्रिकेट ग्राउन्डमा सिड्नी थण्डर विरुद्ध खेलिरहेको छ । सन्दीपले यही खेलमा आफ्नो जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखेका हुन् । भ्रमण वर्षको सफलताका लागि सन्दीपको यो प्रयास प्रशंसनीय छ ।


ADVERTISEMENT

# # #


भ्रमण वर्षको प्रचारकै लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलियामा रहेका छन् । मंगलबार उनले अष्ट्रेलियाको सिड्नीमा भ्रमण वर्षको अन्तर्राष्ट्रिय सुरुवात गरेका थिए ।