काठमाडौं ।


ADVERTISEMENT


६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ ।


ADVERTISEMENT

# # #


सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि हाल शून्य दशमलव ९४ प्रतिशत मानिसमा कुष्ठरोग रहेको सरकारी तथ्यांक छ । नेपालबाट सन् २०१० मा नै कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि हरेक वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले यस वर्ष ३ हजार १ सय ८६ नयाँ कुष्ठरोगी पत्ता लागेको जनाएको छ ।नेपालमा अहिलेसम्म १८ हजार ५ सय जनाको कुष्ठरोग पूर्णरुपमा निको भइसकेको छ भने ३० हजार व्यक्ति कुष्ठरोगबाट अपांग भएका छन् ।

छाला र नशामा देखिने कुष्ठरोग लेप्रा भन्ने किटाणुका कारण लाग्ने गर्दछ । कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् ।