काठमाडौं–
प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिएका नेकपाका सांसद अग्नि सापकोटाविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको छ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतवार दुईवटा एकल इजलाश गठन गर्नुभएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको एकल इजलाश रहेको छ।


ADVERTISEMENT


सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको छ। फुयालको इजलाशमा तीन थान मुद्दा पेशीमा रहेका छन्। सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रवार रिट दायर गरेका थिए। सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।


ADVERTISEMENT

# # #