हुम्ला
पुस तेस्रो सातादेखि फैलिएको मौसमी फ्लु (रुघाखोकी र ज्वरो)ले हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की, ४५ वर्षीय मदन शाही, ५० वर्षीया जुनकला शाही र ६० वर्षीया प्याउरी शाही रहेका छन्।


ADVERTISEMENT


गाउँमा फैलिएको मौसमी फ्लुका बिरामी बढेको बताइएको छ। जिल्ला अस्पताल हुम्लामा दैनिक ४०५० जना बिरामी उपचारका लागि आउने गरेका छन्। मौसमी फ्लु फैलिएपछि कर्णालीको सामाजिक विकास मन्त्रालयले विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन लागेको छ।


ADVERTISEMENT

# # #