भारतमा सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेयर बेच्ने योजना सार्वजनिक गरेको छ। नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ।


ADVERTISEMENT


एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ। एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना भएपनि सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन्।


ADVERTISEMENT

# # #


सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको आंकलन सबैको छ ।