साउदी अरबस्थित नेपाली राजदूतावासले रोजगारदाता कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अध्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै रोजगारदाता कम्पनीहरुको विवरण विभागको सूचना प्रणालीमा प्रविष्ट नभएको कारणले मागपत्र प्रमाणित गर्न समस्या भएको बताएको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगार विभागले गत जनवरी १ तारिकदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) कार्यान्वयनमा ल्याएको हो । तर दूतावासहरुले जनशक्तिको कमी देखाउँदै प्रणाली सञ्चालनबाट पछि हटेपछि समस्या आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । उनीहरुले तत्काल समस्याको समाधान नभए नेपाल आउने डिमाण्ड अन्यत्रै डाइभर्ट हुने चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #