सुनसरी- सुनसरीको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । ६ जना घाइते छन् । दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको पकली प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस  बिहान रामधुनी नपा- २ को कृषि फार्म नजिक ठोक्किएको हो ।


ADVERTISEMENT

# # #