भारतीय राजदूतावास, काठमाडौंले २०२० जनवरी २६ मा भारतको ७१ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै समारोह आरम्भ गरी भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका छन् ।


ADVERTISEMENT


उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरेका छन् ।


ADVERTISEMENT

# # #


राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहो¥याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गरेको छ ।

उक्त समारोहमा दूतावासका अधिकारी तथा उहाँहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति रहेको थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भयो ।

सोहि दिन कार्यवाहक राजदूत डा. अजय कुमारले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका छन् । नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा सरिक भएका थिए । उक्त समारोहमा १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।